झापा / झापा हल्दिबारी गाउँपालिका–२ मा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जना पैदलयात्रीको आज बिहान मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीयवासी ३५ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ७ प ४१३७ नं को मोटरसाइकलले गएराती ठक्कर दिँदा गम्भीर घाईते भएका तामाङको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी. अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा तामाङसहित मोटरसाइकल चालक विर्तामोड–३ का ४५ वर्षीय देवबन्धु उप्रेती र मोटरसाइकलमा सवार १३ वर्षीय राकेश ठाकुर घाइते भएका थिए । घाइतेमध्ये उप्रेती र ठाकुरको बिर्तामोडस्थित बिएण्डसी. अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया