काठमाडौं / सिंहदरबार घेराउ गर्न भन्दै भेला भएका ११ जना आरक्षण बचाउ आन्दोलनका सहभागीलाई प्रहरीले पक्राउ गरेको छ । भद्रकालीबाट सिंहदरबारतर्फ अघि बढ्ने क्रममा आन्दोलनमा सहभागी नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, नेता कुमार लिंदेन, दलमद्र्धनकामीसहित ११ जनालाइ प्रहरीले पक्राउ गरेकाे हाे ।

लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापन खारेजीको माग राख्दै आन्दोलन गरिरहेको आरक्षण बचाउ आन्दोलनले आइतबार सिंहदरबार घेराउको कार्यक्रम राखेको थियो । उनीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको प्रहरी बताएकाे छ ।

तपाईको प्रतिक्रिया