विराटनगर । “समृद्धिकोलागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले सुनसरी जिल्लाको दुहवीमा शाखा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन दुहवी नगरपालिकाका नगर प्रमुख बेदनारायण गच्छदारले गरे । 
शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि, विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रिय प्रबन्धक सन्तोष कुमार बुढाथोकी लगायतले सिभिल बैंक ग्रामिण जनताको पहुँचमा पुग्दै गएको बताए ।
प्रमुख अतिथित दुहवी नगरपालिकाका नगर प्रमुखबेद नारायण गच्छदारले दुहरी क्षेत्रको बढ्रदो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पु¥याउने बताए ।

तपाईको प्रतिक्रिया