उमेरले आधा शताब्दी नाघिसक्दा पनि नायक राजेश हमाल आफूलाई सधै जवान ठान्छन् । कसैले अहिलेको उमेर सोध्यो भने भन्ने गर्छन्, ‘२५ वर्ष पुगेपछि गन्नै छोडिदिएँ ।’ सार्वजनिक कार्यक्रममा जाँदा टिपटप भएर पुग्ने भएकाले उनको उमेर अनुमान गर्न पनि गाह्रै हुन्छ । तर, हमालको अनुहारमा बुढ्यौलीका चिन्हहरु देखिन थालिसकेका छन् । जस्तो कि उनी आफैंले हालै फेसबुकमा सार्वजनिक गरेको तस्वीरहरुले पनि राजेशको उमेर छिप्पिँदै गएको संकेत गर्छन् ।

होम क्वारेन्टाइनमा रहँदा खिचेका तस्वीर तथा भिडियोमा राजेशको जुँगा दारी लामा छन् र सेतै फुलेका छन् । बाहिर हिँड्नु नपर्दा दारी खौरिन समेत अल्छि गरेका हमाल दिन चाहिँ कसरी बिताइरहेका छन् त ? उनी अहिले थरिथरि क्रियाकलाप गर्छन् घरभित्रै । उनले आफ्नी श्रीमती मधु भट्टराईसित रोमान्टिक डान्स गरेको भिडियो पनि बाहिर ल्याएका छन् ।

जहा उनि श्रीमतीसँग रोमान्टिक हुँदै नाचेका छन् भने नया वर्षको सुभकामना पनि दिएका छन् । यस्तै, बिहिबार उनले एउटा रमाइलो भिडियो पोष्ट गरे । जहाँ उनी भागेर कफी सपमा जाने बताउँछन् । उनी आफ्नै घर भित्रको बगैचामा रहेको कफी स्टेशनमा पुग्छन् र कफी पिउँछन् । उक्त भिडियोमा राजेश हमालको फुलेको दाह्री देखिन्छ । तर पनि राजेश आफूलाई जवान भन्न छोड्दैनन् । उनले भन्ने गर्छन्, ‘दाह्री भनेको पाक्ने हो, फुल्ने कुरा त अरु नै छन् ।’

 

तपाईको प्रतिक्रिया