इटहरी, विभिन्न अपराध र अभियोगमा सुनसरीको झुम्का कारागारमा कैदी बन्दी जिवन विताइ रहेकाहरुले बनाएका मुढा तथा हस्तकलाका सामाग्रीहरुको माग छिमेकी मुलुक चिन सम्म हुन थालेको छ ।

कैद सजाय भुक्तान गरी सकेपछि समाजमा आफुलाई रुपान्तरित वनाउन सक्ने गरी कारागार भित्रै सिप सीकेर आर्य आर्जनको काम गर्दै आएका कैदी बन्दीहरुले वनाएका मुढा तथा हस्तकलाका सामाग्रीहरुको माग छिमेकी मुलुक चीन सम्म हुन थालेको हो ।

झुम्का कारागारका कैदी बन्दीहरुले मुढा, फर्निचर , वास आदीका सजावटका सामाग्रीहरु बनाएर बजार सम्म पठाउने गरेका छन । कारागारमै कैदी बन्दीहरुलाई तालिम दिएर यस्ता सामाग्रीहरु बनाउने गरिएको सजावट सामाग्रीका रुपमा रहेको आँखीझ्याल बनाउदै आएका सुदाम जोशी बताउछन ।

कारागारमा वनाएका सामानहरुको माग बढी हुन थालेपछि यस्ता सामाग्रीहरुको बिक्री गरी आएको आम्दानीले कतिपय कैदी बन्दीहरु आफनो पकेट खर्च मात्र धान्दैनन घरमा खर्च समेत पठाउने गरेको सुनाउछन । कारागारमा मुढा बनाउने काम गर्दै आएका कैदी कपिल राईले दैनिक तीन देखि पाँच सय सम्म आम्दानी हुने गरेको सुनाए । नेपाल सरकारको कारागारलाई सुधारगृहको रुपमा विकास गर्ने निती अन्र्तगत झुम्का कारागारमा रहेका कैदी बन्दीहरुलाई आत्मनिर्भर वनाउन सहयोग पुगोस भनेर समयसमयमा सिपमुलक तालिमहरुको समेत व्यवस्था गरिदै आएको छ । कैदी बन्दीहरु समेत कैदी बन्दी जिवन सकेर पुनः घरपरिवारमा फर्कदा रोजगारीका लागि सक्षम बन्ने समाजमा रुपान्तरित भएर बस्न सक्ने विश्वास लिएका कारागार भित्रै आय आर्जनको काममा लागि रहेका छन । कैदीबन्दीहरुले बनाएका मुढा लगायतका सामागी्रहरुका माग धनुषा, नारायणघाट, जनकपुर, काठमाण्डौ, उदयपुर, सर्लाहि, केरुंग रसुवा हुदै चाईना सम्म रहेको कारागारका जेलर डा. कृष्णबहादुर घिमीरे वताउछन । पछिल्लो दश महिनाको अवधिमा ५७ हजार बढी मुढाहरु विक्री बितरण भएको पाइएको घिमीरेले जानकारी दिए ।

कैदीवन्दीहरुले उत्पादन गरेका सामाग्रीहरुको सरकारी तथा गैर सरकारी निकायहरुले वजार विस्तार व्यवस्था मिलाइदिने तथा उनीहरुको क्षमता अभिवृद्धिका लागि समय समयमा तामिल दिने गरिए कैद सजाय भुक्तान गरी सके पनि समाज सहज रुप पुन स्थापीत बन्न मद्धत पुग्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया