संघीय संसदको प्रतिनिधिसभा बैठकबाट संविधान संशोधन विधेयकको पारित भएको छ । शनिबार बसेको प्रतिनिधिसभाको बैठकले संविधान संशोधन विधेयक पारित गरेको हो । विधेयकका विषयमा दफाबार छलफल सकिएपछि मतदान भएको थियो ।

बैठकमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले ऐतिहासिक निर्णय प्रस्तुत गरेका थिए । संसदमा उपस्थित रहेका २५८ जना सांसदहरु सबैले संशोधन विधेयकको पक्षमा मतदान गरेका थिए । निशान छाप रहेको नेपालको नक्सालाई नेपालको सीमाअनुरुप परिवर्तन गर्नका लागि संविधान संशोधन भएको हो । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपाल सरकारले नयाँ नक्सा जारी गरेपछि त्यस अनुसारको संविधानको अनुसूचीमा रहेको नक्सा अद्यावधिका लागि संशोधन विधेयक जेठ ९ गते दर्ता गराइएको थियो ।

तपाईको प्रतिक्रिया