प्रदेश १ बाट थप १५ जना कोरोना जितेर घर फर्किएका छन् ।

विराटनगरको कोभिड १९ उपचार केन्द्रबाट एक महिलासहित ८ जना र धरानबाट ७ जना कोरोना जितेर डिस्चार्ज भएका हुन ।

जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ८ जना आज डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा ४ जना झापाका, २ जना मोरङ र २ जना संखुवासभाका छन् ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार अस्पतालमा उपचारत ७ जना कोरोना जितेर डिस्चार्ज भएका छन ।

यो सँगै धरानबाट डिस्चार्ज हुनेको संख्या ११० पुगेको छ ।

प्रदेश १ बाट कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १ सय ८१ पुगेको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९७ पुगेको छ ।

सोमबार प्रदेश १ मा २६ जना कोरोना संक्रमित थपिएका छन । मोरङमा २२, झापाको मेचीनगरमा १ जना, सुनसरीको बर्जु गाउँपालिकामा १ जना र सुनसरीकै बराहक्षेत्रमा १ महिला र १ पुरुष थपिएसँगै संक्रमितकाे संख्या ३९७ पुगेकाे हाे ।

तपाईको प्रतिक्रिया