वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका २४ जना नेपालीको शव शुक्रबार नेपाल ल्याइँदैछ।
कतारबाट २० र साउदी अरब, यूएई र कुवेतबाट पनि ४ वटा शव दिउँसो काठमाडौं आइपुग्ने वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए।
कतार एयरवेज शुक्रबार दिउँसो १२ बजे ४३ जना नेपाली र २० वटा शव लिएर आउँने श्रेष्ठले बताए।
वैदेशिक रोजगार बोर्डका अनुसार कतारबाट मोरङको कोसी हरैँचाका युवराज अधिकारी, भोजपुरको देउरालीका मीनबहादुर थापा, भोजपुरको टुंगेचाका मंगलबहादुर तामाङ, कपिलबस्तुको दोहनीका महमुद अलमान मुसलमान, सर्लाहीको हरिवनका मुस्ताक साइक, सिराहाको परासीका रुपेशकुमार मण्डल, लमजुङको धोदेनीका कुम्बा तामाङ, बाँकेको रझेनाका भक्तबहादुर थापामगर, सप्तरीको लोहताराका राजेन्द्रप्रसाद मण्डलको शव ल्याइँदैछ।
यसैगरि सुर्खेतको सहारेका नरबहादुर कामी, बर्दियाको मोतिपुरका सुकराम थारु, सर्लाहीको इश्वरपुरका अरुणकुमार पंजियार, महोत्तरीको दम्हीका शिवशंकर राउत, धनुषाको भरतपुरका चुतर्वा मण्डल, मकवानपुरको भीमफेदीका जितेन्द्र थापामगर, रुपन्देहीको देवदहका यामबहादुर थापा, सिराहाको सुखचैनाका कासिदेव यादब, सर्लाहीको सधोवाका पासवान र महोत्तरीको औरहीका अनिल चौधरीको शव कतारबाट ल्याइँदै छ।

कुवेतबाट : संखुवासभाका मानबहादुर आले
नुवाकोटका सोनु तामाङ
युएईबाट :
सिन्धुपाल्चोकका पेम्बा नोर्बु शेर्पा
साउदी अरबबाट :
भैरबबहादुर बस्नेत
यी मध्ये ७ वटा शव काठमाडौँमै अन्त्येस्टी गर्ने र बाँकी बोर्डले घरसम्म पुर्याइदिने छ।
यसअघि जजिराले बिहीबार पनि दुईवटा शव ल्याएको थियो। कोरोना भाइरसको महामारीपछि अन्तर्राष्ट्रिय लकडाउन बन्द हुँदा शव रोकिएका थिए।
प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार हिमालय एयरलाइन्स १५३ यात्रु र एउटा शव लिएर शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ। यो जहाज साउदीको दमामबाट आएको हो।
करिब १५० यात्रु लिएर कुवेतबाट जजिरा एयरलाइन्सको जहाज र दुबईबाट १५० यात्रु लिएर नेपाल एयरलाइन्सको जहाज शुत्रबार दिउँसो १ बजे काठमाडौं आइपुग्दैछन्।























