विदेशमा मृत्यु भएका २३ नेपालीको शव काठमाडौं ल्याइएको छ ।
आज कतारबाट २० वटा, दुबईबाट एउटा र कुवेतबाट दुईवटा शव बोकेर आएको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानस्थलका महाप्रबन्ध देवेन्द्र केसीले बताए ।
आज नेपाल आएका शवहरु विगत ६ महिनादेखि विभिन्न कारणले विदेशमा रोकिएका थिए । गत चैत पहिलो हप्तापछि अन्तर्राष्ट्रिय उडान रोकिँदा पनि धेरै शव नेपाल ल्याउन सकिएको थिएन ।
त्रिभुवन विमानस्थलमा ल्याइएको शव आफन्तको जिम्मा लगाइएको छ ।























