प्छिल्लो केहि समय स्वस्फुर्त रुपमा काठमाडौंका सडकमा सरकार विरोधी प्रदर्शन भइरहेका छन् । त्यसै गरी आज शनिबार पनि शान्तिपूर्ण प्रदर्शन भएको छ ।
कोरोना भाइरस नियन्त्रणमा सरकारले देखाएको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै युवाहरुले काठमाडौंस्थित शहिद गेट क्षेत्रको सडक पेटीमा सुतेर युवाहरुले सरकारको विरोध गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति पछिल्लो समय निकै विवादमा आउने गरेको छ ।

राष्ट्रको कार्यकारी प्रमुखले विनाअध्ययन नै आफूलाई लागेको कुरा बोल्दा सर्वसाधारणले सामाजिक सञ्जालमा निकै चर्को विरोध पनि गर्ने गरेका छन् । शनिबार युवाहरुले कोरोनाको संकटको बेलामा पनि सरकारले भ्रष्टाचार गरेको, प्रधानमन्त्री आफैं डाक्टर जस्तो बनेर कोरोनाबाट जोगिन बेसार–पानी खान सल्लाह दिएको भनेर युवाहरुले विरोध गरेका हुन् । विरोध जनाउन उनीहरु शरीरभरि बेसार छरेर भुइँमा लम्पसार परेर सुतेका थिए । उनीहरुले ‘बेसार प्यार प्यार, काम कहिले सरकार ? ’ भन्ने प्लेकार्डसहित सरकारको विरोध गर्दै प्रधानमन्त्रीलाई छेड हानेका हुन । स्वस्फुर्त रुपमा सडकमा उत्रिएका उनीहरुले पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, कोरोना रोकथाममा भएको खर्च हिसाब पारदर्शी बनाउँनुपर्ने, क्वारेन्टिनहरु सुरक्षित बनाउँनुपर्ने लगायत माग राखेका छन ।

























