मोरङमा थप १२ जना कोरोना संक्रमित भेटिएका छन । सोमबार मोरङको सुन्दरहरैचा नगरपालिकामा दुई महिलासहित ४ जना र मोरङको रंगेली नगरपालिकामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले जानकारी दिए ।

कोशी अस्पतालमा परीक्षाण गर्दा रंगेलीका १२ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमित सबै भारतबाट आएकाहरु हुन । याे सँगै माेरङमा काेराेना संक्रमितकाे संख्या १३० पुगेकाे छ ।

तपाईको प्रतिक्रिया