नेपालमा पछिल्लो २४ घण्टामा ३७० जना नागरिकले कोरोना भाईरस (कोभिड–१९) संक्रमणलाई पराजित गरेर घर फर्केका छन् ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रा.डा.जागेश्वर गौतमले देशभरमा ३२ महिलासहित ३२८ पुरुष कोरोनामुक्त भएको जानकारी दिनु भएको हो ।
नेपालमा कोरोनामुक्त हुनेको संख्या २ हजार २४२ जना पुगेको छ ।























