कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले लागु गरेको लकडाउनको कारण घरेलु उद्योगहरु बढी मारमा परेका छन् ।
त्यसै गरी लकडाउनका कारण बजारमा उत्पादन पुर्याउन नसकेको तथा कच्चा पद्धार्थ ल्याउन नपाएको कारण मारमा परेको लुना घरेलु अल्लो कपडा उद्योगकी सञ्चालिका सिता राईले गुनासो गरेकी छिन् ।
पहाडी क्षेत्रमा पाइने सिस्नु अर्थात अल्लोको कपडा तयार पार्ने पुर्वी तराईमा रहेको एक मात्र घरेलु उद्योग लकडाउनका कारण मारमा परेको सञ्चालिका राईले बताइन् । मोरगंको सुन्दरहरैंचा नगरपालिका १२ मा २०७१ साल देखि सञ्चालनमा आएको लुना घरेलु अल्लो कपडा उद्योग तथा ट्रनिङ्ग सेन्टरको लागि कच्चा पद्धार्थ ताप्लेजुङ्ग ,संखुवासभा देखि ल्याउने गरेको सञ्चालिका राईले वताइन ।
कच्चा पदार्थ पहाडी जिल्ला देखि ल्याएर तयार वनाइने कपडा स्थानीय वजारका साथै काडमाडौ,दार्जेलिङ्ग,हङकङ सम्म विक्रीका लागि पठाउने गरेकोमा लकडाउनका कारण बजार पाउन नसकेको राईले गुनासो गरेकी छिन् । मिहिनेत अनुसार आम्दानी नहुने तथा उपभोक्ताहरु समेत स्वदेशी उत्पादन भन्दा विदेशी कपडाहरु मनपराउने गर्नाले समेत आफुहरुले मिहिनेत अनुसारको आम्दानी लिन नसकेको उनको भनाई छ ।


स्वदेश तथा विदेशमा समेत माग हुने यस प्रकारका उद्योगहरुको विकास र विस्तारका लागि सरकारी स्तरबाट सहयोग भए आफुहरु उत्पादन वढाउन सक्ने सञ्चालिक राई वताउछिन् । देशका विभिन्न स्थानबाट ल्याइने कच्चा पद्धार्थ ल्याउन नसकेको कारण घरेलु उद्योग सञ्चालन गर्नमा समस्या भएको छ । त्यसैले यस्ता देशको पहिचान गर्ने उत्पादनको लागि सरकारी निकायले चासो तथा प्रर्वद्धनमा टेवा पु¥याउन अति आवश्यकता देखिन्छ ।

तपाईको प्रतिक्रिया