दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आ.व. २०७७र०७८ को लागि ५१ करोड ४२ लाख बराबरको बजेट बिनियोजन गरेको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आज सातौ गाउँसभामा गाउँपालिकाले बजेट सार्वजनिक गरेको हो । विनियोजित कूल बजेटमध्ये आर्थिक विकास तर्फ ५ करोड २९ लाख ७३ हजार ७ सय ६४ रुपैया ८ पैसा, पूर्वाधार तर्फ १० करोड ६९ लाख ४ हजार ३ सय १० रुपैया , सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ ६९ लाख २३ हजार २ सय र सामाजिक विकास तर्फ २९करोड १२ लाख ८ हजार बजेट बिनियोजन गरेको छ । त्यसै गरी गाउँपालिकाले शिक्षा, स्वास्थ्य, क्रिषि र कोरोना भाइरस ( कोभिड(१९) लाई विशेष प्राथमिकता दिई बजेट बिनियोजन गरेको उल्लेख गरेको छ ।

स्थानीय तहले आर्थिक वर्ष २०७७–७८ को बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आज देशका ७ सय ५३ वटै स्थानीय तहले बजेट सार्वजनिक गरेका हुन् ।

तपाईको प्रतिक्रिया