बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजु अधिकारीले छैटौ नगरसभा बहिष्कार गरेका छन ।

मेयर निलम खनालले नजिकका मान्छेलाई हेरेर बजेट दिने गरेको, वडाहरुमा समानुपातिक बजेटको निकासा नगरेको, उनको घर धाएर चाकडी गर्नेलाई बजेट दिने गरेको भन्दै नगरसभा बहिष्कार गरेको अधिकारीले बताएका छन।

बुधबार भएको नगरसभाका लागि आफुले अगाडि नै आउन नसक्ने जानकारी दिएको उनले बताए । मेयर खनालले नगरपालिकाका वडाहरुको जनसंख्या, भौगोलिक अबस्थाको अध्ययन गरेर बजेटको नीति तथा कार्यक्रम गर्नुपर्ने उनको भनाइ छ।

अध्यक्ष अधिकारीले नगर परिषदमा मेयरको हाबी देखिएको आरोप पनि लगाएका छन। पार्टीले नगरपालिका चलाउने भएकोले आफ्नो कुरा पार्टीमा राख्ने र सुनुवाइ भएन भने राजिनामा दिने उनले चेतावनी समेत दिएका छन।
यसपटकको नगरसभा रेडिमेट परिषद भएको भन्दै आफ्नो कार्यकाल भरी नै नगरसभामा नजाने उनले बताएका छन।

नगर प्रमुखलाई आक्षेप लगाउदै उनले मेयरले कहिल्यै पनि आफ्नो कुराको सम्बोधन नगरेको र उनमा खुबी पनि नभएको दावी गरेका छन् ।

मेयर खनालले आजसम्म एउटा कुरा बोल्ने र काम अर्को गर्ने गरेर हात्तिको दातको जस्तो व्यबहार गरेको उनको आरोप छ।

मेयरका मतियारले आफुलाई बौलाएको संज्ञा दिएको उनको गुनासो छ। तर मेयर निलम खनालले भने वडा अध्यक्षले आफुसङ्ग यस बिषयमा कुनै छलफल नगरेको बताएका छन।

संवैधानिक व्यवस्था अनुसार देशका ७ सय ५३ वटै स्थानीय तहले आज बजेट सार्वजनिक गरेका हुन् ।

तपाईको प्रतिक्रिया