विराटनगरमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो पटक प्रदेश राजधानी विराटनगरमा पनि कोरोनाका सक्रमित थपिदै गएका छन् ।
यस अघि विराटनगरमा ८ जनामा कोरोनाका सक्रमित फेला परिसकेका छन् भने पुन आज २ जनामा कोरोना पोजेटिभ भएको पुष्टि भएको छ ।

असार ७ गते आईतबार स्वाव संकलन गर्दा विराटनगर – ६ का ३१ वर्षीय पुरुष र विराटनगर ६ कै २१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको विराटनगर महानगरपालीका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार संक्रमित दुवैजना  ४ असारमा दिल्लीबाट विराटनगर आएका उनीहरूको ७ असारमा स्वाब संकलन गरिएको थियो । शुक्रबार पाजेटिभ रिपोर्ट आएको हो ।
योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या १० पुगेको छ । संक्रमितमध्ये ४ जना उपचारपछि घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया