नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितकाे संख्या १२ हजार नाघेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टायता थप ५ सय ५४ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार देशभरिका विभिन्न स्थानका प्रयोगशालामा गरिएको परीक्षणमा १२० महिला र ४३४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या १२ हजार ३०९ पुगेको छ ।

 

तपाईको प्रतिक्रिया