नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसका संक्रमित भेटिएका छन्। पछिल्लो पटक रसुवमा एकैपटक ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालका ७७ वटै जिल्लामा यसको संक्रमण भेटिएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
आज संक्रमित पाइएकामध्ये १२० जना महिला हुन् भने बाँकी ४३४ जना पुरुष हुन्।
पछिल्लो पटक थपिएकासहित नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९ जना पुगेको छ।
हालसम्म २ हजार ८ सय ३४ जना संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।
प्रवक्ता डा गौतमका अनुसार शनिबारसम्म देशमा २८ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ।























