नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई जितेर डिस्चार्ज हुनेको संख्या पाँच हजार नाघेको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लाे २४ घण्टामा थप ६६४ जना कोरोनामुक्त भएको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार आज ६६४ जनाले कोरोना जितेका हुन् ।

यससँगै नेपालमा कोरोनामुक्त हुनेहरूको संख्या ५ हजार ३२० पुगेको छ ।

तपाईको प्रतिक्रिया