एजेन्सी– अमेरिकामा दिनहुँ कोरोना संक्रमितको संख्याले रेकर्ड कायम गर्न थालेको छ। बुधबार एकै दिन ५२ हजार ७ सय ८९ संक्रमित थपिकामा बिहीबार ५५ हजार २ सय २० संक्रमित थपिएका हुन्। फ्लोरिडा राज्यमा बुधबार ६ हजार ५ सय ६३ नयाँ संक्रमित थपिएकामा बिहीबार बढेर १० हजार १ सय ९ थपिएका छन्। जुन यो राज्यमा अहिलेसम्मकै रेकर्ड हो। फ्लोरिडामा बिहीबार थप ६८ जना थपिएसँगै मृ’त्यु हुनेको संख्या ३ हजार ७ सय १८ पुगेको छ। लकडाउन खु’कुलो गरेको जर्जियामा पनि बिहीबार एकै दिन ३ हजार ४ सय ७२ संक्रमित थपिएका छन्।
टेक्सासका ग’भर्नर ग्रेग ए’बोटले राज्यका सबै नागरिकलाई सार्वजनिक स्थानमा मास्क लगाउन अनिवार्य गरेका छन्। त्यहाँ बिहीबार ७ हजार ९ सय १५ संक्रमित थपिएका छन्। फ्लोरिडाकाे मि’यामी डे’ड का’उन्टीमा शुक्रबार राति १० बजेदेखि अ’निश्चितकालसम्मका लागि क’र्फ्यु लगाइएको छ। फ्लो’रिडामा १० हजार १ सय ९ नयाँ संक्रमित थपिएकामा मि’यामीमा मात्रै २ हजार ३ सय छन्।























