बिहीबार–शुक्रबार देशभर अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी २३ जनाको मृत्यु भएको छ। गृहमन्त्रालयका अनुसार देशका विभिन्न ८ जिल्ला प्रभावित भएका छन्।

गृह मन्त्रालयका अनुसार बाढीपहिरोमा शुक्रबार २३ जनाको ज्यान गएको छ । ती घटनामा ३६ जना बेपत्ता भएका छन्, भने २६ जना घाइते भएका छन् ।

शुक्रबार म्याग्दी, लमजुङ, कास्की, रुकुम पश्चिम, जाजरकोट र गुल्मीमा बाढीपहिरो गएको हो ।

म्याग्दीको धौलागिरि र मालिका गाउँपालिकामा पहिरो गएको हो। ती घटनामा ३ जनाको ज्यान गएको छ भने ३१ जना अझै बेपत्ता छन् ।

लमजुङको बेशिसहर नगरपालिका सातबिसेमा पहिरो जाँदा ३ जनाको ज्यान गएको छ । ३ जना घाइते भएका छन् ।

कास्कीको पोखरा महानगरपालिका, सारङकोट, हेम्जा र पैतेडाँडामा पहिरो गएको छ । ती घटनामा ७ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

रुकुम पश्चिमको आठविसेकोट नगरपालिका रजेखोलामा पहिरो जाँदा २ जनाको मृत्यु भएको भने १ जना घाइते भएका छन् ।

जाजरकोटको बारकोट गाउँपालिकामा पहिरो जाँदा ७ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । ५ जना बेपत्ता छन् । गुल्मीको कालीगण्डकीमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ ।

बिहीबार सिन्धुपाल्चोकमा बाढी गएको थियो । उक्त घटनामा २ जनाको ज्यान गएको थियो भने २१ जना बेपत्ता छन् ।

तपाईको प्रतिक्रिया