शनिबार सुनसरीका २ जना सहित थप ९ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ । मृत्यु हुनेमा सुनसरीका २ जना पर्साका ३ जना, बाराका १ जना, सिरहाका १ जना र मकवानपुरका १ र भक्तपुरका १ जना गरी ९ जना रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै मृतकको संख्या १४६ पुगेको हो । साथै शनिबार थप ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।

देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् ।

तपाईको प्रतिक्रिया