बिराटचौक । मोरङको सुन्दरहरैचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले केही ब्यत्तिहरु सुनियोजित रुपमा आफनो चरित्रहत्यामा लागेको बताएका छन । केही दिन यता सामाजिक सञ्जालमा मेयर ढकालको बिषयमा बिभिन्न आरोपहरु लगाउँदै अतिरञ्जित कुराहरु बाहिर ल्याएर भ्रम छर्न केही ब्यत्तिहरु उद्धत रहेको उनको गुनासो छ । पुर्बपश्चिम राजमार्ग अन्र्तगत बिराटचौक खण्डमा बाटोमा खाल्डाखुल्डी भएको बिषयमा मेयर ढकाललाई मुछेर आफनो चरित्रहत्या गर्न खोजिएको उनी बताउँछन ।
नगरपालिकाको कार्यक्षेत्र भन्दा बाहिरको बिषयमा आफुलाई मुछिनु र चरित्रहत्या गरिनु गलत भएको उनको तर्क छ । सडक बिभागको कार्यक्षेत्र भित्र पर्ने सडक निर्माणमा आफुलाई मुछेर बदनाम गर्न खोजिएको प्रति उनले रोष प्रकट समेत गरे । सामाजिक सञ्जालमा आफनो चरित्रहत्या गर्न खोजिएको बिषयमा भएको फोन सम्पर्कमा सम्झाउन खोज्दा उल्टै आफुलाई बदनाम गर्न खोजिएको उनी बताउँछन ।

पटक पटक केही ब्यत्ति समुह नै आफनो चरित्रहत्यामा लागेको भन्दै उनले त्यसो नगर्न र बुझेर मात्र प्रतिक्रिया दिन सबैलाई आग्रह समेत गरेका छन । मेयर ढकालले आफुलाई फोन गरेर गाली गरेको भन्दै एक युयाले सामाजिक सञ्जालमा पोष्ट गरेपछि बिवाद सिर्जना भएको थियो । सो संवादमा आफुले बोलेका र सम्झाएका कुराहरु नराखी अन्य कुराहरु मात्र उल्लेख गरेको मेयर ढकाल बताउँछन ।























