आइतबार प्रदेश १ मा २७ महिला र ४३ पुरुषसहित ७० जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरूमा मोरङका ५०, झापा १०, सुनसरी नाै र प्रदेश १ बाहिरका एकजना छन् ।
सामाजिक विकास मन्त्रालयले जानकारी गराएअनुसार विराटनगरमा १८ महिला र २४ पुरुसा गरी जम्मा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म विराटनगरमा कोरोना संक्रमितको संख्या आठ सय १३ र प्रदेश १ भरि दुई हजार ६ सय ५९ जना पुगेको छ ।
मोरङको बुढीगंगा गाउँपालिकामा चार महिला र एक पुरुष, केराबारी गाउँपाकिलामा दुई र स्थानीय तह नखुलेका एक पुरुषमा संक्रमण देखिएको छ ।
झापाको कमल गाउँपालिकामा एक महिला र दुई पुरुष, झापा गाउँपालिकामा एक पुरुष, बिर्तामोड नगरपालिकामा दुई महिला, कन्काई नगरपालिकामा एक महिला, गौरादह नगरपालिकामा दुई पुरुष र स्थानीय तह नखुलेका एकजना पुरुष संक्रमित पाइएका छन् ।
प्रदेशमा आइतबार २५ जना संक्रमित निको भएर उपचार केन्द्रबाट डिस्चार्ज भएका छन् ।























