पछिल्लो समय विराटनगर लगायत मोरङ जिल्लाका विभिन्न स्थानहरुमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि मोरङ प्रहरीले सडकमा मास्क नलगाई हिड्नेहरुलाई कडाई गर्न थालेको छ । मोरङ जिल्लाका विभिन्न स्थानीय तहमा संक्रमित संख्या बढ्दै जाँदा सील भएसँगै प्रहरीले स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाई गर्न थालेको हो ।
दैनिक कोरोना संक्रमणको संख्या बढ्न थालेपछि मोरङ प्रहरीले स्वास्थ्य मापदण्डका कुरालाई ख्याल गर्दै आमसर्वसाधरणलाई माक्स अनिवार्य लगाउन आग्रह गर्न थालेको छ।
बजारमा होस या अन्य काम गर्दा अधिकास नागरिकले स्वास्थ्य मापदण्डका कुरालाई विर्सन थालेका हुन् । बजारमा पसल संचालन गरेर बसेका व्यापारी होस या सवारी साधनमा यात्रा गर्ने यात्रु मास्क नलगाइ हिड्न थालेका छन् ।
मास्क बोकी हाले पनि कतिपयले गोजी र झोलामा बोकेर हिडेने गरेका छन् । अझ त्यो भन्दा पनि अचम्म त के छ भने आम सर्वसाधरण चिउँडोमा लगाएर हिड्ने गरेका छन् । यता मोरङ प्रहरीले माक्स नलगाई हिड्ने आम नागरिकहरुलाई सम्झाई बुझाई छाड्ने गरेको छ । पटक पटक सम्झाउदा पनि अटेर गर्ने नागरिकलाई भने आधा घण्टा सवारीसाधन सहित होल्ड गर्ने गरेको छ ।
अनावश्यक घरबाहिर ननिस्कन र निस्किहाले पनि अनिवार्य मास्क र सामाजिक दुरी कायम गरी दैनिकी कामकाज गर्न एसपी जनार्दन जिसीले आग्रह गर्नुभयो ।























