काठमाडौं / एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता तयारी चलिरहेका बेला नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएकाे हाे ।
ओलीसँगको भेटवार्ता अघि प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो । आजै एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच भेटवार्ता बताइएकाे छ ।
एमाले संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले दुई नेताबीच भेटवार्ता गर्ने पक्का भएपनि समय र स्थानबारे छलफल भइरहेको बताए ।























