इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले फेरि डोजर चलाउन सुरु गरेका छन् । मेयर बनेको पहिलो वर्ष खोला, पैनी मिचेका संरचना भत्काउँदै हिडेका उनी पछिल्लो समय रोकिएका थिए ।

तर मंगलबार मेयर चौधरीले खनारनजिकै एक व्यवसायीले रिसोर्टका लागि बनाउँदै गरेको कम्पाउन्ड वाल भत्काएका छन् । नहरको जमिन मिचेको भन्दै मेयर चौधरीले नगर प्रहरी, दमकल, डोजर र नेपाल प्रहरीसहित त्यहाँ पुगेर लाउँदै गरेको कम्पाउन्ड वाल भत्काएका हुन् ।

उनले आफू एक्सनमा उत्रिएको र अन्य ठाउँबाट पनि सार्वजनीक जग्गा मिचेको भन्ने गुनासो आएकाले ती ठाउँमा पनि यस्तै हुने उनले बताएका छन् । मेयर चौधरीले खनार चौकबाट भित्री बाटो हुँदै इटहरी चौकसम्म आउने सडकमा कल्भर्ट बनाएको तर केहिले त्यसलाई थुनिदिएका कारण धेरै बस्ति जोखिममा परेको दाबी गरेका छन् । रिसोर्ट बनाउन उपमहानगरसँग अनुमति नै नलिई काम सुरु गरेकाले डोजर चलाएको बताएका छन् ।

तपाईको प्रतिक्रिया