पथरी / सेल्फि रोडले परिचित माेरङकाे पथरीको सडकमा खसीबाख्राकाे व्यापार लाग्न थालेकाे छ । लकडाउनकाे समयमा टिकटकबाट एकाएक भाइरल भएको पथरीको सेल्फि रोडमा खसीबाख्राले भिड लागेको हाे । टिकटकका लागी प्रख्यात मानिने याे राेडमा देशभरका हजाराैँ पर्यटक टिकटकबाउन आउने गरेका छन् । खसीबाख्राको भिडमा समेत टिकटकमा रमाउनेहरु प्रसस्त थिए ।

दशै, तिहार, छैठ जस्ता चाडपर्व नजिकिए सँगै मानिसकाे चहलपहल हुने स्थानमा विभिन्न प्रकारका हाटबजारहरु सञ्चालन हुन थालेका छन् । यसकाे चपेटामा सेल्फि रोड समेत परेकाे छ । सुनसरी मोरङका विभिन्न स्थानबाट ल्याएर खसीबाख्राको विक्री गरिएकाे छ । चाडपर्व नजिकीए पनि कोरोनाको कारण गाउँ घरमा बिक्री नभएपछि मानिसको आवतजावत बढि हुने ठाँउमा विक्री गर्न ल्याएकाे व्यापारीहरू बताउछन् ।

दैनिक हजाराैँकाे संख्यामा पर्यटककाे चहलपहल हुने स्थानमा खसीबाख्राकाे व्यापार लाग्न थालेपछि पर्यटककाे संख्यामा कमि हुने देखिन्छ । खसिबाख्राकाे व्यापारलाइ व्यवस्थित गर्दै सरसफाइमा ध्यान दिन सकिएन भने सफा र सुन्दर याे सडक खसि बजार बन्ने निश्चित देखिन्छ ।

 

तपाईको प्रतिक्रिया