आज सुन तोलामा १०० रुपैयाँले घटेर कारोबार सुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ९०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ४५० रुपैयाँ कायम छ ।

मङ्गलवार सुनको मूल्य तोलामा तीन सयले गिरावट आएको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको महासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया