आज विराटनगरमाअर्किड कलेजले  एक कार्यक्रमको आयोजना गरि भर्खरै राष्ट्रिय परिक्षा बोर्डले प्रकाशित गरेको कक्षा–१२ को विज्ञान संकायमा ३ दशमलव ९२ जिपिए ल्याई नेपाल प्रथम भएका  गुरागाईलाई नगद १ लाख र प्रमान पत्र सहित सम्मान  गरेका छन् । प्रमुख अतिथिआन्तरिक तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा गुरागाईलाई सम्मान  गरिएको हो । सोहि अवसरमा कलेजले लिएको आन्तरीक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई समेत सम्मान गरिएको थियो ।

प्रमुख अतिथि मन्त्री हिक्मतकुमार कार्की सम्मान कार्यक्रममा बोल्र्दै  विद्यालय बन्द हुने हल्ला मात्र भएको बताउँदै संस्थागत  र सरकारी विद्यालयविच भएको विवेद्ध अन्त्य गरि उनीहरुविच सहजिकरण गर्ने बताए ।

कार्यक्रममा विराटनगर महानगरपालीकाका शिक्षा महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडा, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान मोरङका  अध्यक्ष राजेश कार्की  , निहारिका कलेजका अध्यक्ष रुपेश खतिवडा, अर्किड कलेज व्यवस्थाप समितिका अध्यक्ष अमित ढकाल ,   अर्किड कलेजका प्रिन्सिपल दिपेश बास्तोला र सम्मानीत हुने निश्चल गुराईलगायतले बोलेका थिए । कार्यक्रममा कलेजमा अध्ययनर विद्यार्थीले उपस्थीत  अथिति तथा अभिभावकलाई गित तथा नृत्य गरि भरपूर्ण मनोरञ्जन प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया