सरकारले बैशाख ३० गते लाई स्थानीय निर्बाचन घोषणा गरे संगै नेपाली प्रहरीले सुरक्षा सम्बन्धी तयारी सुरु गरेको छ।

प्रहरी र अरू सुरक्षा निकायले पनि आवश्यक गृहकार्य तीव्र गरिरहेका छन् । प्रहरी प्रधान कार्यालयको कार्य विभागका डिआइजी रवीन्द्र धानुकको नेतृत्वमा निर्वाचनकेन्द्रित सुरक्षा समिति गठन गरिएको छ । समितिले आवश्यक कामहरू सुरु गरिसकेको डिआइजी धानुकले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयले आवश्यक जनशक्ति, स्रोत–साधन, बजेटलगायत विषयमा समेत गृहकार्य गरिरहेको उनले जनाए ।

यस्तै चैत महिनामा म्यादी प्रहरी भर्ना गर्नेगरी प्रहरी प्रधान कार्यालयले तयारी गरेको छ । जसमा एक लाख २० हजार म्यादी प्रहरी माग गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ । उनीहरूलाई दुई महिनाबराबरको तलब सुविधा माग गर्ने तयारीसमेत प्रहरी प्रधान कार्यालयको छ ।

म्यादी प्रहरीमा अवकाशप्राप्त सेना, प्रहरीलाई प्राथमिकतामा राख्ने तयारी छ । गृह मन्त्रालयले समेत पछिल्लो १० वर्षमा अवकाश पाएका सेना, प्रहरी र सशस्त्रको विवरण राख्न सम्बद्ध सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ ।

तपाईको प्रतिक्रिया