मोरङ्ग स्थित बुढीगंगामा गाँउपालिका दोस्रो अन्तर वडा उपाध्यक्ष कप महिला तथा पुरूष कबड्डी प्रतियोगिता’ शुक्रबार उद्धघाटन भएको छ । फाल्गुन २७-२९ गते सम्म चल्ने प्रतियोगिताको उद्धघाटन प्रदेश नं १ का प्रदेश सांसद चुम नारायण तबदारले गरेका थिए । प्रतियोगिता उद्धघाटन समारोहमा गाँउपालिकाको अध्यक्ष बालचन्द्र माझी तथा गाँउपालिकाको उपाध्यक्ष अमृता कुमारी गच्छदार , गाँउपालिकाको कार्यपालिका समिति सदस्यहरू , गाँउपालिकाको सबै वडाको अध्यक्ष तथा सदस्यहरू र मुख्य राजनितीक दलका नेताहरूको उपस्थिति रहेको थियो ।

उद्धघाटन सँगै सुरू भएको प्रतियोगिताको पहिलो खेल पुरूष समूह तर्फ वडा नं १ र वडा नं ४ बिच सम्पन्न भएको थिए । गाँउपालिका वडा नं ३ को मैदानमा खेलिएको पहिलो खेलमा वडा नं ४ ले वडा नं १ लाई पराजित गरेको वडा नं ३ का वडा अध्यक्ष तिलक नाथ मण्डलले जानकारी दिए ।

प्रतियोगिताको अन्तिम खेल तथा समापन कार्यक्रम फाल्गुन २९ गते हुने मण्डलले बताए ।

 

तपाईको प्रतिक्रिया