मदन भण्डारी आँखा अस्पतालको उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज उदयपुर आउँदै छन् ।

त्रियुगा नगरपालिका– १० मा स्थापना भएको आँखा अस्पतालको दिउँसो साँढे १२ बजे अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको अस्पतालका अध्यक्ष भागवत राउतले जानकारी दिए । अस्पताल ३० बेडको छ ।

यस्तै अध्यक्ष ओलीले उदयपुरमा आज एमालेले आयोजना गरेको बृहत्त जनसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जनसभामा अध्यक्ष ओलीले विभिन्न पार्टी परित्याग गरेका १ हजार ५ सय जना भन्दा बढी कार्यकर्तालाई एमाले प्रवेश गराउने कार्यक्रम एमाले उदयपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया