मधेस आन्दोलनताका मधेस विरोधी नेताको आरोप लागेका नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मधेसलाई फकाउन थालेका छन्। स्थानीय तहको निर्वाचनलाइ लक्षितगरी शक्ति प्रदर्शन गर्न वीरगन्जमा मङगलबार एमालेले आयोजना गरेको बृहतआमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले आफ्नो सरकारका पालामा भएका विकासका कामहरुको मात्रै वर्णन गरेर मधेसलाइ फकाउने कोशीस गरेका हुन्।
मधेस विरोधी भन्नेहरुले भन्दै गरे तर आफूले मधेसको विकासमा काम गर्दै गरेको उनले सुनाए। ओलीले भने,‘तराइ मधेसका बाटोघाटो चौडा र चिल्लो पार्ने केपी ओली, हुलाकी सडक बनाउने केपी ओली, एयरपोर्ट बनाउने केपी ओली, खेतखेतमा सिँचाई पुरयाउने केपी ओली अनि मधेस विरोधी केपी ओली कसरी भयोरु ओलीलाई मधेस विरोधी भनेको सुन्दा अच्चम लाग्छ। यो समाचारअन्नपूर्ण पोस्टमा छ ।























