नेपाली काँग्रेसले पार्टीको जिल्ला समितिलाई स्थानीय तहका प्रमुख र उपप्रमुखको उम्मेदवार तत्काल नतोक्न जिल्ला समितिलाई सर्कुलर गरेको छ । काँग्रेसले केन्द्रीय तहमा सत्ता साझेदार दलबीच गठबन्धनको मोडालिटी बन्दै गरेका कारण तत्काल उम्मेदवार नतोक्न जिल्ला समितिलाई निर्देशन दिएको हो ।
विधानको व्यवस्थाअनुसार तोकिएको समय सीमाभित्र तहगत रूपमा गर्नुपर्ने काम सबै सक्न सर्कुलर गरिएको छ तर निर्णय चाहिँ केन्द्रको निर्देशन नहुँदासम्म होल्ड गर्न भनिएको छ,’ काँग्रेस मुख्यसचिव पौडेलले भने । आजको राजधानी दैनिकमा समाचार छ ।























