आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर ९७ हजार ८०० तोकिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९८ हजार २०० मा कारोबार भएको थियो । 

 नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ३०० छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९७ हजार ७०० पुगेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २७० पुगेको महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया