आज सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्यमा प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ पुगेको छ। यसअघि, आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ थियो। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ थियो।

तोलामा ५ रुपैयाँ बढेर सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार २८५ रुपैयाँ पुगेको छ।

तपाईको प्रतिक्रिया