आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९७ हजार ६०० तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला रु. ९७ हजार २०० मा कारोबार भएको सुन आज प्रतितोला रु. ४०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार १०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९६ हजार ७०० थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १५ ले बढेर रु. एक हजार २६५ पुगेको महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया