सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज शुक्रबारको तुलनामा मूल्य ६०० ले घटेको हो ।

छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ९०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ४०० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १२ सय ७५ रुपैयाँ छ ।

तपाईको प्रतिक्रिया