बेलबारी ।  बेलबारी नगरपालिकाले सामुदायिक बिद्यालयको  २४ जना शिक्षक कर्मचारीहरुलाई सम्मान  गरेको छ। ४० औँ राष्ट्रिय शिक्षा दिवश तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अबसरमा उनिहरुलाई सम्मान गरिएको हो ।  सामुदायिक बिद्यालयमा आफना छोरा छोरी पढाएको साथै  थप जिम्मेवार बनाउनका लागि  शिक्षक तथा कर्मचारीहरुलाई  पहिलो पटक सम्मान गरीएको जनाएको छ ।

यसैगरी नगरपालिकाले सिल्भर भोलेन्टीयर कार्यक्रम समेत लागु गरेको छ । शिक्षकहरु एक हप्ता भन्दा लामो समय सम्म बिदामा बस्दा भोलेन्टियर समुहमा बसेका पुर्व शिक्षकहरुलाई बोलाएर पठन पाठन गर्न लगाईने शिक्षा शाखका प्रमुख भुपेन्द्र कोइरालले बताए । अविभावकहरुको सामुदायिक बिद्यालय प्रतिको आकर्षण घटीरहेको छ  यसलाई अझ तेजिलो बनाउन आवश्यक रहेको प्रमुख कोइरालाले बताए ।शिक्षक विदामा रहेको समयमा विद्यार्थिको पढाईमा बाधा हुने भएकोले भोलेन्टियर समुहमा बसेका पुर्व शिक्षकहरुलाई कक्षा सञ्चालन गर्नु लगाउनु पर्ने बताए ।

पितृका नाममा एक विरुवा रोप्न समेत शिक्षकहरुलाई नगरपालिकाले निर्देशन गरेको छ । सोह्रश्रद्धमा एक शिक्षक एक विरुवा पितृका नाममा एक रोप्न लागि निर्देशन गरेको नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहले बताए ।

बेलबारी नगरपालिकाकी  उप मेयर ढाकाकुमारी पराजुलीले शिक्षकहरुलाई सम्मान गर्दै  नगरपालिकाले प्राविधिक शिक्षामा  समेत जोड दिने वताईन ।

तपाईको प्रतिक्रिया