वीरगञ्ज ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले एक जना प्रहरीलाई पाँच हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ ।पक्राउ पर्ने पर्सामा कार्यरत प्रहरी जवान गम्भीरा साह तेली रहेका छन । आज दिउँसो करिब १० बजे अख्तियारको टोलीले पाँच हजार घुस लिँदै गरेका अवस्थामा जवान गम्भीरा साह तेलीलाई रंगेहात पक्राउ गरेका हुन । सोमबार वीरगञ्जको माईस्थान गहवामाई मन्दिर अगाडी रहेको  एक पसलमा  सेवाग्राहीसँग नगद पाँच हजार लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया