विराटनगर । प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले ग्रामथान गाउँपालिकाको नेताचोकमा  सोमबार एक कायक्रममा विराटचोक–घिनाघाट सडक खण्ड फोर लेन        बन्ने सडकको सिलान्यास गरिएको छ ।

प्रदेश सरकारको पहिलो गौरबको आयोजना रुपमा २२ दशमलव ७ किलोमिटरलाई फोर लेन सडकको रुपमा निर्माणको काम शुरु भएको हो । १ अर्ब ४० करोडको लागतमा निर्माण सम्पन्न गर्ने गरी सोमबार देखि काम शुरु भएको हो । गत असार २९ गते भएको ठेक्का सम्झौता अनुसार निर्माणको काम श्रेष्ठ निर्माण कम्पनी र एपेक्स रमण निर्माण सेवाले निर्माण पुरा गर्नेछन् । निर्माण कम्पनीले २०७८ असार मसान्त भित्रमा निर्माण पुरा गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्नु पर्ने पुर्वाधार विकास कार्यालयका प्रमुख शुसिल श्रेष्ठले जानकारी दिए ।१ अर्ब ६० करोडको टेण्डर आब्हान गरिएकोमा १ अर्ब ४० करोडको ठेक्का स्वीकृत भएपछि सडक शिलान्यास भएको हो । सडकको केन्द्रबाट ३५–३५ फिटलाई दुई तर्फ बढाएर सडक विस्तारको काम हुने छ । मुख्यमन्त्री राईले सिलान्यास भएको सडक प्रदेशकै नमुना बन्ने स्पष्ट पारे । उनले प्रदेश सरकारले नयाँ सोचका साथ फोर लेन सडक बनाउनु पर्छ भनेर सिलान्यास भएको बताए । फोर लेन सडक निर्माणले मोरङका दुई पालिकालाई मात्र फाईदा नभई झापा, ईलाम, पाँचथर र ताप्लेजुङ सम्मलाई सुबिधा पुग्ने बताए ।

तपाईको प्रतिक्रिया