सुनसरी / सुनसरीको धरानबाट लागु औषध सहित ३ जना पक्राउ परेका छन् । धरान उप-महानगरपालिका-८ बाट सोमवार दिउँसो को ४ प १७३५ र को १० प ४७४७ नम्बरको मोटरसाईकलमा सवार धरनका कुमार बस्नेत, वसिम खान र राजेश भनिने नविन भण्डारीलाई पक्राउ गरिएकाे हाे ।

ईलाका प्रहरी कार्यालय धरानबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले उनिहरूकाे साथ बाट डाईलक्स डि.सी. १० बोतल, स्पास्मोप्रोक्सिवन प्लस ९० क्याप्सुल, नाईट्रोसन २५ ट्याब्लेट, मोवायल २ थान र नगद २८,७४० बरामत गरेको हो । पक्राउ परेका ३ जना बिरूद्ध थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया