अफगानिस्तानको काबुलमा नौ दिनअघि ब म वि स्फोटमा मा रिएका कृष्णबहादुर थापाको आज यहाँ अन्त्येष्टि गरिएको छ । थापा र रोल्पाका चन्द्र पुनको शव आज बिहान काठमाडौँ ल्याइएपछि गृह मन्त्रालयको व्यवस्थापनमा हेलिकोप्टरबाट थापाको श व चितवन ल्याइएको परिवारले जनाएको छ । अर्को हेलिकोप्टरले पुनको श वलाई रोल्पा लगिएको जनाइएको छ ।

थापाको बहिनी सावित्री अधिकारीका अनुसार चितवन क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा सदस्यसमेत रहनु भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा श व नेपाल झिकाइएको हो । गत साता अफगानिस्तानको राजधानी काबुलस्थित ग्रीन भिलेज क्याम्पमा भएको आ त्मघाती वि स्फोटमा भरतपुर महानगरपालिका–२१ का थापा र रोल्पाका पुनले ज्यान गुमाउनु भएको थियो । थापाका बाबु आमा, श्रीमती र दुई छोरा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया