बर्दिबास / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ को सपथ ग्रहण समारोहमा झडप भएको छ । मंगलबार बर्दिबासमा आयोजन गरेको प्रदेश २ भित्रकै ८ वटै जिल्लाको जिल्लाका पदाधिकारीको सपथ ग्रहण समारोहमा असन्तुष्ट र सन्तुष्ट पक्षबिच बिच झडप भएको हो ।

नेकपाका शीर्ष नेताहरुले सक्रियहरुलाई भन्दा आ आफ्ना आसेपासेलाई बढी प्राथमिकतामा राखेर जिल्ला पदाधिकारीमा छनोट गरेपछि असन्तुष्टहरुले सपथग्रहण कार्यक्रम विथोल्ने चेतावनी दिँदै आएको थियो । असन्तुष्ट नेता कार्यकर्ताको चेतावनीका बाबजुद पनि सपथग्रहण समारोहलाई यथावत राखेपछि झडप भएको जनाएको छ ।झडपमा नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहमाथि समेत हातपातको प्रयास भएको नेकपाका एक नेताले बताए । त्यस क्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्ज गरेपछि एकजनाको टाउको समेत फुटेको नेकपाका स्थानीय कार्यकर्ता राधे महतोले जानकारी दिए । अहिले त्यहाँको अवस्था तनाग्रस्त बनेको छ ।

तपाईको प्रतिक्रिया