बिहीबार(आज) सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबारको तुलनामा आज सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको हो ।

बुधबार प्रतितोला ९७ हजार १०० रुपैयाँ रहेको छापावाल सुनको भाउ बिहीबार घटेर ९६ हजार ६०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, बुधबार प्रतितोला ९६ हजार ६०० रुपैयाँ रहेको तेजावी सुनको भाउ आज बिहीबार घटेर ९६ हजार १०० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको भाउ पनि प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार २२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया