अभियान लघुवित्तको आइपीओ सोमबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल ९१ हजार ३७५ जना सर्वसाधारण लगानीकर्ताहरुले १० कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा १९ लाख ८० हजार ९७० जनाले आवेदन दिएकामा २ हजार ३७६ जनाको आवेदन रद्द भएको बिक्री मुक्तिनाथ क्यापिटलले जानकारी गराएको छ ।
अभियानले साउन १८ गतेदेखि २२ गतेसम्म कुल ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये ५% अर्थात् ४८ हजार ७५० कित्ता सामुहिक लगानी कोष र ०.५% अर्थात् १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।
लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, अभियान लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया