सोमबार सुनको मूल्य घटेको छ । यस दिन प्रतितोला ४ सय रुपैयाँका दरले सुनको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । त्यस्तै, तेजाबी सुन यस दिन तोलाको ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमवार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । सोमबार एक हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया