महिनाको पहिलो दिन अर्थात भदाै १ गते बुधबार सुन प्रतितोला ५०० रुपैयाँले घटेर ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावल सुन तोलामा ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजावी सुन तोलाम ९५ हजार ७०० र चाँदी तोलामा १२ सय १० रुपैयाँ निर्धारण गरिएको छ ।

यो अघिल्लो दिनको तुलनामा १० रुपैयाँ घटेको हो । मंगलबार चाँदी १२ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया