खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओ आजदेखि खुल्दैछ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले कुल १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गर्न लागेको छ। जसमध्ये २ हजार कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ भने  ६ हजार ६ सय कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरि बाँकी रहेको १ लाख २३ हजार ४ सय कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

सो आइपीओमा छिटोमा भदौ १२ गते र ढिलोमा भदौ २२ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३ सय २० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

तपाईको प्रतिक्रिया